माटो खन्ने क्रममा एक बालकको मृत्यु, ३ महिला घाईते

बीपी अनमोल
महेन्द्रनगर, जेष्ठ ९ गते । कञ्चनपुरको दैजीमा माटो खन्ने क्रममा एक बालकको मृत्यु भएको छ भने अन्य ३ जना महिला घाईते भएका छन । 
शनिबार विहान दैजी ४ बैतडामा माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्को लागेर चारैजना घाईते भएका थिए । घाईते मध्ये गम्भीर अवस्थामा रहेका बालक दैजी ३ धर्मपुरका १२ वर्षिय जनक जाग्रीलाई उपचारका लागि महाकाली अञ्चल अस्पताल ल्याउदै गर्दा बाटो मै मृत्यु भएको कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी अविनारायण काफ्लेले जानकारी दिनुभयो । 
त्यस्तै, दैजी–३ धर्मपुरकै ३२ वर्षिया कलावती जाग्री, सोही ठाउँकी ३० वर्षिया दमयन्ती भण्डारी र २१ वर्षिया निर्मला जाग्री रहेका छन । घाईतेमध्ये दमयन्ती भण्डारी र निर्मला जाग्रीलाई थप उपचारका लागि भारतको खटिमा रिफर उहाँले बताउनुभयो । सामान्य घाईते रहेकी कलावती जाग्रीको महाकाली अञ्चल अस्पतालमा उपचार गरिएको छ । 
माटोको ढिस्कोले पुरिएर उहाँहरुको छाति र खुट्टामा चोट लागेका बताइएको छ । आज बिहान दैजी ४ बैतडास्थित बैतडा सामुदायिक वनमा घर पोत्ने माटो लिन गएका धर्मपुरका उहाँहरु माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले च्यापिएका थिए । माटोको ढिस्कोले च्यापिए लगत्तै प्रहरी र स्थानीयले उद्वार गरेका थिए । 
 

फेसबुक