ऋण किस्ता रकम बुझाउन निर्देशन

युवा स्वरोजगार कोष कञ्चनपुरले चैतसम्मको ऋण किस्ता रकम बुझाउन बाँकी रहेका सहकारीलाई ७ दिनभित्र ऋण किस्ता बुझाउन निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको कोषको बैठकले सम्झौता अनुसार चैत मसान्तसम्म बुझाउनुपर्ने किस्ता केही सहकारीले नबुझाएकाले जेठ १५ गतेभित्र बुझाउन निर्देशन दिएको हो । कोषले विभिन्न सहकारीमार्फत् युवा स्वरोजगार कार्यक्रममा लगानी गर्ने भएपनि केही सहकारीले लिएको ऋण समयमै नबुझाएकाले रकम बुझाउन निर्देशन दिइएको युवा स्वरोजगार कोष कञ्चनपुरका सदस्य सचिव गणेशप्रसाद जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार युवा स्वरोजगार कोषले कृषि, पशुपालन, सेवामूलक घरेलु उद्योग, किराना पसल लगायतमा लगानी गर्ने गरेको छ । 

फेसबुक