कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरको कभर्ड हलमा सम्पन्न भएको राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरको कभर्ड हलमा सम्पन्न भएको राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता अन्तर्गतको आज भएको कबड्डी खेलमा छात्र र छात्रा दुवै तर्फ महाकाली जनसेवा उच्च माध्यमिक विद्यालय हल्दुखाल प्रथम भएको छ । छात्रतर्फ भृकुटी उच्च माध्यमिक विद्यालय र छात्रातर्फ शान्ति निकेतन उच्च माध्यमिक विद्यालयलाई पछि पार्दै महाकाली जनसेवाले प्रथम स्थान हासिल गरेको हो । महाकाली जनसेवा उच्च माध्यमिक विद्यालयका संयोजक भीमबहादुर कार्कीका अनुसार लामो समयदेखि विद्यार्थीहरुले खेलकुदमा अभ्यास गरेकाले आज प्रथम हुन सफल भएका हुन् ।
 

फेसबुक