नेपालले आउँदो महिना मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले आउँदो महिना मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । मैत्रीपूर्ण खेल चैत १६ गते मलेसियाको राजधानी क्वालालम्पुरमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । यो मैत्रीपूर्ण खेलका लागि मलेसियाले नेपाललाई आमन्त्रण गरेको एन्फाले स्पष्ट पारेको छ । पछिल्लो एक महिनामा २ वटा उपाधि उचाले पनि नेपाली फुटबल टिमले अबको २ वर्षसम्म खेल्ने कुनै पनि अन्तराष्ट्रिय प्रतियोगिता छैनन् । त्यसैले राष्ट्रिय फुटबल टिमलाई व्यस्त राख्न मैत्रीपूर्ण खेलको पहल गरिएको एन्फाले जनाएको छ । २ वर्षपछि भने बंगलादेशमा हुने साफ च्याम्पियनसिपमा नेपाल सहभागी हुनेछ । नेपालले गत हप्ता भारतमा भएको सागको  फुटबलमा स्वर्ण  पदक जितेको थियो भने त्योभन्दा अघि बंगलादेशमा भएको बंगबन्धु गोल्डकप फुटबलको उपाधि पनि जितेको थियो । 
 

फेसबुक