प्रथम वेस्टर्न पब्लिक एकेडेमी टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज २ वटा खेल सम्पन्न

प्रथम वेस्टर्न पब्लिक एकेडेमी टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज २ वटा खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा रेडियन्ट उच्च मावि विजयी भएको छ । बैजनाथ ईन्जिनीयरिङलाई १७ रनले पराजित गर्दै रेडियन्ट विजयी भएको हो । पहिले टस जितेर व्याटिङ गरेको रेडियन्टले निर्धारित २० ओभरमा १ सय ७० रन बनाएको थियो । रेडियन्टका तर्फबाट योगेश भट्टले ५७, प्रभात चन्दले ३५ र गणेश अवस्थीले २१ रन बनाउनुभयो । १ सय ७० रनको लक्ष्य पाएको बैजनाथ ईन्जिनीयरिङका तर्फबाट धनी साउदले ३०, सिदार्थ बोहराले ३० र सन्नी विष्टले ३१ रन बनाएपनि जितका लागि पर्याप्त भएन् । बैजनाथका हेम भण्डारी र सन्नी विष्टले २÷२ विकेट लिनुभयो भने रेडियन्टका प्रविन ऐरीले २ विकेट लिनुभयो । त्यस्तै आज भएको दोस्रो खेलमा जनज्योतीलाई ८४ रनले पराजित गर्दै आदर्श उच्च मावि विजयी भएको छ । टस जितेर पहिले व्याटिङ गरेको आदर्शका तर्फबाट गजेन्द्र चन्दले ६८, विकास चन्दले ४४, र दिपेश चन्दले २५ रन बनाउनुभयो । १ सय ९८ रनको लक्ष्य पछ्याएको जनज्योतीले  निर्धारित २० ओभरमा ओभरमा १ सय १३ रन मात्रै बनाउन सक्यो । जनज्योतीका तर्फबाट महेश भण्डारीले ४२ मनोज भण्डारीले ३७ र नरेश रावतले २२ रन बनाएपनि अन्य व्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ जनज्योतीका प्रकाश बुडालले ३ र आदर्शका सुरज बोहराले ४ तथा तेज बोहराले ३ विकेट लिनुभयो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको खेलमैदानमा जारी खेलमा भोली लिटिलबुद्ध एकेडेमी र भुवनेश्वरी उच्च मावि सिसैया तथा जनसेवा उच्च मावि हल्दुखाल र चन्द्रसूर्य उमावि झलारी बिच प्रतिस्पर्धा हुने खेल संयोजक विक्रम नाथले जानकारी दिनुभयो । 
 

फेसबुक