अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको अध्यक्षमा जानी इन्फान्टिनो चयन

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको अध्यक्षमा जानी इन्फान्टिनो चयन हुनुभएको छ । स्वीजरल्याण्डको ज्युरिचमा भएको चुनावमा युइएफएका महासचिव समेत रहेका इन्फान्टिनोले १ सय १५ मत प्राप्त  गर्नुभयो । यो उहाँका निकटतम प्रतिद्वन्द्वी रहेका एसियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान बिन ईब्राहिम अल खालिफाले प्राप्त गरेको भन्दा २७ मत धेरै हो । चार मत प्राप्त गरेका जोर्डनका राजकुमार अली बिन अल हुसैन तेस्रो स्थानमा रहनुभयो । फ्रान्सका जेरोमी स्याम्पेनले एक मत पनि प्राप्त गर्नुभएन् । नवनिर्वाचित फिफा अध्यक्ष इन्फान्टिनोले अब पूर्व अध्यक्ष सेप ब्लाटरको स्थान लिनुहुने छ । सन् १९९८ देखि फिफाको अध्यक्ष रहेका ब्लाटर भ्रष्टाचार आरोपमा गएको वर्ष निलम्बनमा  पर्नुभएको थियो । उहाँमाथि फिफाको अनुशासन कमिटिले फुटबल सम्बन्धी कुनै पनि गतिविधिमा सहभागि हुन नपाउने गरी ६ वर्षको प्रतिबन्ध लगाएको छ । 
 

फेसबुक