कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामाजिक सुरक्षा भत्ताको रकम निकासा गरेको लामो समय बित्दा समेत नेपाल बैक लिमिटेडले भत्ता वितरणमा ढिलाई गरिरहेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाले  सामाजिक सुरक्षा भत्ताको रकम निकासा गरेको लामो समय बित्दा समेत नेपाल बैक लिमिटेडले भत्ता वितरणमा ढिलाई गरिरहेको छ । महेन्द्रनगरस्थित नेपाल बैक लिमिटेडले दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने भएपछि विभिन्न कारण देखाउँदै भत्ता वितरणमा ढिलाई गरिरहेको छ । बैकको खातामा फागुन १५ गते सामाजिक सुरक्षा भत्ताको रकम पठाएको भएपनि बैकले भत्ता नबाँढेको भीमदत्त नगरपालिकाका लेखा अधिकृत विक्रम भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षा भत्ता पाउने लक्षित वर्गले समयमै भत्ता पाउनुपर्ने हो । सामाजिक सुरक्षा भत्ता अन्तर्गतको १ करोड ४२ लाख ७२ हजार ४ सय रुपैयाँ बैकमा पठाइएको नगरपालिकाले जनाएको छ । आवश्यक कागजात समयमै प्राप्त नभएकाले भत्ता वितरणमा ढिलाई भएको नेपाल बैक लिमिटेड महेन्द्रनगर शाखाका प्रबन्धक कमलबहादुर चन्दले बताउनुभयो । उहाँका अनुसार आन्तरिक व्यवस्थापन र आवश्यक प्रक्रिया पु¥याउनुपर्ने भएकाले भत्ता वितरणमा ढिलाई भएको छ । चैत महिनाको १० गतेदेखि भत्ता वितरण सुरु गरिने बैकको प्रबन्धक कमलबहादुर चन्दले जानकारी दिनुभयो ।
 

फेसबुक