राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ नेपाली सेनाको हवल्दार

राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ नेपाली सेनाको हवल्दार बन्नुभएको छ । उहाँ अमल्दारबाट बढुवा भई हवल्दार बन्नुभएको हो । श्रेष्ठले २०६५ सालमा सिपाहीबाट नेपाली सेनाको जागिर सुरु गर्नुभएको थियो । बंगबन्धु कप र साग फुटबलमा नेपाललाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नवयुगलाई सम्मान तथा पुरस्कार स्वरुप नेपाली सेनाले एक तह बढुवा गरेको हो । उहाँ मोरङको पानमारास्थित कालीबक्स गणमा कार्यरत हुनुहुन्छ । गणपति बसन्त खड्काले उहाँलाई हवल्दारको फूली प्रदान गर्नुभयो । यसैबर्ष अन्तराष्ट्रिय फुटबलमा डेब्यु गर्नुभएका नवयुगले दुई प्रतियोगिता मार्फत तीन ह्याट्रिक सहित ११ गोल गर्नुभएको छ । त्रिभुवन आर्मी क्लबबाट २०६८ साल देखि नै ए डिभिजन फुटबल खेलिरहनुभएको छ । 
 

फेसबुक