कञ्चनपुरमा वातावरण मैत्री स्थानीय शासन प्रारुप–२०७० कार्यान्वयनका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् ।

कञ्चनपुरमा वातावरण मैत्री स्थानीय शासन प्रारुप–२०७० कार्यान्वयनका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् । जिल्ला विकास समितिको कार्यालय कञ्चनपुर अन्तर्गतको वातावरण, उर्जा तथा जलवायु परिवर्तन शाखाले जिल्ला तह, नगरपालिका तह, गाउँ तह र वडा तहमा काम भइरहेको जनाएको छ । घरपरिवारमा सरसफाई र स्वास्थ्य, स्वच्छ उर्जा र गोवरग्याँसको उपयोग तथा हरियाली प्रवद्र्धन र करेशावारी व्यवस्थापनमा ध्यान दिन विभिन्न कार्यक्रम भइरहेका शाखाका सहायक अधिकृत दिनेश लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार वातावरणमैत्री शासन जिल्ला समन्वय समिति, नगर समन्वय समिति, गाउँ समन्वय समिति र वडा समन्वय समितिमार्फत् वातावरण मैत्री शासनका लागि पहल भइरहेका छन् । जिल्लामा रहेका सार्वजनिक कार्यालयलाई वातावरणमैत्री बनाउन छलफल गरिएको सहायक अधिकृत लम्सालले बताउनुभयो । उहाँका अनुसार प्रारुप कार्यान्वयनका लागि गाविस सचिव, सामाजिक परिचालक, वडा नागरिक मञ्चका प्रतिनिधिहरुसँग समेत पटक–पटक छलफल भएका छन् ।
 

फेसबुक