इजिप्टमा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको आक्रमणमा परि १३ जना प्रहरीको ज्यान गएको छ ।

इजिप्टमा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको आक्रमणमा परि १३ जना प्रहरीको ज्यान गएको छ । इजिप्टको द्वन्द्वग्रस्त सिनाई प्रायदिपमा आइएसले गरेको मोटर आक्रमणमा परि प्रहरीको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् ।
सिनाईको एल–एरिश शहरमा रहेको प्रहरी चेकपोष्टमा आइएसले मोटर आक्रमण गरेको हो । आक्रमण लगतै आइएसले जिम्मेवारी लिएको थियो । सरकारी अधिकारीले पछि मात्रै त्यसको पुष्टी गरेका हुन् । आक्रमणपछि सुरक्षाकर्मीले शहरमा आवतजावत बन्द गरेका छन् । सिनाई आइएसको आक्रमणको केन्द्र रहँदै आएको छ । सन् २०१३ मा मोहम्मद मोर्सी सत्ताच्युत भएपछि सिनाईमा आइएस तथा अरु समूहको आक्रमणमा परि सयौं सुरक्षाकर्मीको ज्यान गएको छ । 
 

फेसबुक