स्पेनमा विदेशी विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ

स्पेनमा विदेशी विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ । बार्सिलोना र भ्यालेन्सियाको बिचमा पर्ने मोटरबाटोमा बस दुर्घटना भएको हो । बसमा ५७ जना विद्यार्थी रहेको र उनीहरु इरासमस छात्रवृत्ति अन्तर्गत अध्ययनरत अधिकांश विदेशी विद्यार्थी रहेको बताइएको छ । एक महोत्सवमा सहभागी भएर बार्सिलोना फर्किरहेका बेला बस दुर्घटना भएको हो । दुर्घटनामा ज्यान जानेमा सबै महिला रहेको सरकारी अधिकारीले बताएका छन् । ज्यान जाने विद्यार्थी कुन–कुन देशका हुन् भन्ने खुलाईएको छैन । पहिचानको काम भइरहेको त्यहाँका अधिकारीले बताएका छन् । बसमा बेलायत, हंगेरी, जर्मनी, स्वीडेन, नर्वे, स्वीजरल्याण्ड, चेक गणतन्त्र, न्युजिल्याण्ड, इटाली, पेरु, बुल्गेरिया, पोल्याण्ड, आयरल्याण्ड, प्यालेस्टाइन, जापान, युक्रेन तथा केही स्थानीय विद्यार्थी थिए । दुर्घटनामा ४३ जना घाइते भएका छन् ।
 

फेसबुक