अखिल नेपाल फुटवल संघ एन्फाले आगामी चैत १४ गते मलेसियामा हुने २२ वर्ष मुनिकाको मैत्रिपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा गरेको छ ।

अखिल नेपाल फुटवल संघ एन्फाले आगामी चैत १४ गते मलेसियामा हुने २२ वर्ष मुनिकाको मैत्रिपूर्ण फुटबलका लागि नेपाली  टोलीको घोषणा गरेको छ । आज पत्रकार सम्मेलन गरेर एन्फाले मैत्रिपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टोलीमा ३ गोलकिपर, ९ डिफेण्डर, ६ मिडफिल्डर र ५ फरवार्ड रहेका छन् । विराज महर्जनको कप्तानी रहेको टोलीमा किरणकुमार लिम्बु, बिकेश कुथु, बिशाल राई, रविन श्रेष्ठ, बिजय धिमाल, जीतेन्द्र कार्की, कमल श्रेष्ठ, मानबहादुर तामाङ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, रञ्जीत धिमाल समावेश हुनुभएको छ । जगजीत श्रेष्ठ, प्रकाश बुढाथोकी, विशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ, विश्वास श्रेष्ठ, भरत खवास, नवयुग श्रेष्ठ, सुमन लामा, सुनिल वाल, रञ्जन विष्ट टोलीमा पर्नुभएको छ । नवनियुक्त प्रशिक्षक ग्यातुकी कोजीले टोलीमा युवा खेलाडीहरु टोलीमा समावेश गरिएको बताउनुभयो ।
 

फेसबुक