बेल्जियमको ब्रसेल्समा भएको ३ वटा शक्तिशाली बम विस्फोटमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

बेल्जियमको ब्रसेल्समा भएको ३ वटा शक्तिशाली बम विस्फोटमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएफपीका अनुसार विमानस्थल र सववे स्टेसनमा भएको बम विष्फोटमा मृत्यु हुनेको संख्या २१ पुगेको हो । बिस्फोटमा घाइते हुनेको संख्या भने धेरै रहेको छ । बेल्जियमको विमानस्थलमा २ बम बिस्फोट भएलगत्तै सववे स्टेसनमा पनि अर्को बिस्फोट भएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार विमानस्थलमा भएको बिस्फोटमा कम्तिमा १३ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् । बम बिष्फोट भएपछि बन्द गरिएको बेल्जियमको विमानस्थल खुला गरिएको छ ।
 

फेसबुक