सिवाईसी अत्तरिया धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिगको फाइनलमा प्रवेश गरेको छ ।

सिवाईसी अत्तरिया धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिगको फाइनलमा प्रवेश गरेको छ । आज भएको क्वालिफायरमा क्याम्पस रोडलाई ७ विकेटले पराजित पार्दै सिवाईसी अत्तरियाले फाइनल यात्रा तय गरेको हो ।  टस हारेर पहिले ब्याटिङमा उत्रेको क्याम्पस रोडले २० ओभरमा ९ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । क्याम्पस रोडका लागि नवौं नम्बरका ब्याट्सम्यान नारायण जोशीले १ चौकाको मद्दतमा सर्वाधिक २३ रन बनाउनुभयो । पहिलो ओभरको अन्तिम बलमा ओपनर कप्तान रोमन बमलाई ५ रनमा गुमाएको क्याम्पस रोडका ब्याट्सम्यानहरुलाई सिवाईसी अत्तरियाका बलरहरुले धेरैबेर क्रिजमा टिक्न दिएनन् । सिवाइसी अत्तरियाका प्रेम तामाङ निकै राम्रो लयमा देखिउनुभयो । प्रेमले ४ ओभर बलिङ गर्दै १ मेडन राखेर १५ रन दिई ४ विकेट लिनुभयो । दोस्रो इनिङको पहिलो बलमै ललित सिंह भण्डारीले अत्तरियाका ओपनर शैलेश कठायतलाई १ रनमै पवेलियन फर्काएपनि कम स्कोर भएका कारण क्याम्पसरोड सिधै फाईनलमा पुग्नबाट चुक्यो । सिवाईसी अत्तरियाले १८    दशमलव १ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो ।
 

फेसबुक