पाकिस्तानमा विषाक्त रक्सी खाँदा २४ जनाको ज्यान गएको छ ।

पाकिस्तानमा विषाक्त रक्सी खाँदा २४ जनाको ज्यान गएको छ । दक्षिणी प्रान्त सिन्धको तान्दो मुहम्मद खान जिल्लामा विषाक्त रक्सी खाएका २४ जनाको ज्यान गएको पाकिस्तानी प्रहरीले जनाएको छ । स्थानीय स्तरमा बनाइएको रक्सी खाएका अन्य केही गम्भीर बिरामी परेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विषाक्त रक्सीका कारण ज्यान जाने तथा विरामी हुनेमा अल्पसंख्यक हिन्दु समुदायका मानिस छन् । केही मुस्लिम पनि रहेको प्रहरीले जनाएको छ । पाकिस्तानमा मुस्लिम समुदायलाई रक्सी किन्न तथा पिउन प्रतिबन्ध छ । हिन्दुसहितका अल्यसंख्यक समुदायलाई भने रक्सी किन्नका लागि स्वीकृति लिनु पर्ने व्यवस्था छ । तर, पाकिस्तानमा अवैध रुपमा घरमै रक्सी बनाउने धेरै छन् । पाकिस्तानमा सन् २०१४ मा केही दिनभित्रै विषाक्त रक्सीका कारण ४० जनाको ज्यान गएको थियो । 
 

फेसबुक