सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग ३ अन्तर्गत टिम चौराहा फाइनलमा प्रवेश गरेको छ ।

सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग ३ अन्तर्गत टिम चौराहा फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा रोयल क्याम्पस रोडलाई १ विकेटले पराजित गरी चौराहाले फाइनल यात्रा  तय गरेको हो । अब चैत १३ गते चौराहाले उपाधिका लागि सीवाईसी अत्तरियाको सामना गर्ने छ । अत्तरियाले यसअघि नै क्याम्पस रोडलाई पराजित गरेर फाइनल यात्रा सुरक्षित गरिसकेको थियो । धनगढीस्थित सेती अञ्चल प्रहरी मैदानमा भएको निकै रोमाञ्चक खेलमा चौराहाले कठिन जित निकालेको हो । क्याम्पस रोडले दिएको १ सय २० रनको विजयी लक्ष्य ९ विकेट गुमाएर अन्तिम ओभरको पाँचौ बलमा मात्र चौराहाले भेट्टाएको हो । टस जितेर पहिले ब्याटिङ्ग गरेको क्याम्पस रोडले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो । 
 

फेसबुक