भारतको दिल्ली प्रान्तका मुख्यमन्त्री तथा आम आदमी पार्टी प्रमुख अरविन्द केजरीवाल ‘फच्र्यून म्यागेजिन’ द्वारा गरिएको सर्वेक्षणमा वर्तमान समयमा विश्वका प्रसिद्ध ५० नेताको सूचीमा ४२ औँ स्

भारतको दिल्ली प्रान्तका मुख्यमन्त्री तथा आम आदमी पार्टी प्रमुख अरविन्द केजरीवाल ‘फच्र्यून म्यागेजिन’ द्वारा गरिएको सर्वेक्षणमा वर्तमान समयमा विश्वका प्रसिद्ध ५० नेताको सूचीमा ४२ औँ स्थानमा पर्न सफल हुनुभएको छ । प्रसिद्ध नेताको सूचिमा प्रथम स्थानमा अमेजनका प्रमुख कार्यकारी अधिकृत जेफ फेजोज पर्नुभएको छ । पत्रिकाको सर्वेक्षणमा केजरीवाल भारतबाट वर्तमान् समयमा प्रसिद्ध ५० औँ विश्व  नेताको सूचीभित्र पर्ने १ जना मात्र  व्यक्ति हुनुहुन्छ । फच्र्यूनले आफ्नो अध्ययन प्रतिवेदनमा  विश्व स्वास्थ्य संगठन डब्लूएचओले दिल्लीलाई विश्वको सबैभन्दा प्रदूषित सहरका रुपमा घोषणा गरेपछि केजरीवालले प्रदूषणलाई कमी गर्ने अभियान स्वरुप दिल्लीमा गुड्ने सार्वजनिक यातायातमा जोर बिजोर यातायात सञ्चालन गर्ने ‘पाइलट प्रोजेक्ट’ कार्यक्रम लागू गर्ने घोषणा गर्नुभएको थियो । यसलाई महत्वाकांक्षी र असम्भव कार्यक्रम भनी कतिपयले टिप्पणी गरेका थिए । कार्यक्रमपछि दिल्लीको प्रदूषण १३ प्रतिशतले कम भएको र यसबाट दिल्लीवासीलाई राहत मिलेको फच्र्युनले जनाएको छ । विश्व प्रसिद्ध नेताको सूचीमा जर्मन चान्सलर एन्जेला मर्केल दोस्रो नम्बरमा पर्नुभएको छ भने म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसान सुकी तेस्रो स्थानमा पर्नुभएको छ ।
 

फेसबुक