ब्राजिलमा पर्यटक सवार एउटा बस गहिरो खाल्डोमा खस्दा

ब्राजिलमा पर्यटक सवार एउटा बस गहिरो खाल्डोमा खस्दा कम्तीमा पनि ५१ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार बस सान्ता कैटेरिना राज्यको ज्वायनभिला शहर नजिकै १ हजार ३ सय फिट गहिरो खाल्डोमा खसेको हो । बस दुर्घटनामा परेपछि ३२ जनाको घटनास्थलमा र १९ जनाको उपचारका क्रममा ज्यान गएको जनाइएको छ । बसमा ६० जना सवार रहेका थिए ।
 

फेसबुक