भारतको उत्तराखण्डमा राष्ट्रपति शासन लागू भएको छ ।

भारतको उत्तराखण्डमा राष्ट्रपति शासन लागू भएको छ । राष्ट्रपति प्रणव मुखर्जीले आज बिहान राष्ट्रपति शासन लागू गरेको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ । उत्तराखण्डमा राजनीतिक संकट गहिरिएको छ । गएराति उत्तराखण्डमा उत्पन्न राजनीतिक संकट समाधानको प्रयासमा केन्द्रीय मन्त्रीमण्डलको आपतकालीन बैठक बोलाइएको थियो । सोही बैठकको सिफारिस अनुसार राष्ट्रपति शासन लागू गरिएको पीटीआईले जनाएको छ ।
उत्तराखण्डमा राज्यमा कांग्रेसका ९ विधायकले विद्रोह गरेपछि हरीश रावत नेतृत्वको सरकार संकटमा परेको थियो । रावतले भोलि बहुमत सावित गर्नुपर्ने भएको छ । उत्तराखण्ड विधानसभाका कुल ७० विधायकमा कांग्रेसका ३६ विधायक छन् । जसमा ९ जना बागी भइसकेका छन् । भाजपाका २८ विधायक छन्, जसमध्ये १ जना निलम्बित भएका छन् । बसपाका २, निर्दलीय ३ र उत्तराखण्ड क्रान्ति दलका १ विधायक रहेका छन् ।
 

फेसबुक