तालिवान विद्रोहीले अफगानिस्तानको संसद भवनमा रकेट प्रहार गरेका छन् ।

तालिवान विद्रोहीले अफगानिस्तानको संसद भवनमा रकेट प्रहार गरेका छन् । संसदमा कार्यवाहक आन्तरिक मालिला मन्त्री बोल्न लागेका बेला तालिबान बिद्रोहीले संसद  भवनलाई लक्षित गरी रकेट प्रहार  गरेको सांसदले जनाएका छन् । बिद्रोहीले प्रहार गरेको विस्फोटक पदार्थ संसद भवन बाहिर विस्फोट भएको थियो । तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदीले आक्रमणको जिम्मेबारी लिँदै धेरै मानिस घाइते भएको दाबी गरेका छन् । बिद्रोहीले ३ वटा रकेट प्रहार गरेको जनाइएको छ ।
 

फेसबुक