सिरियाली सैनिकले ऐतिहासिक शहर पालमयरमा सामूहिक चिहान फेला पारेका छन् ।

सिरियाली सैनिकले ऐतिहासिक शहर पालमयरमा सामूहिक चिहान फेला पारेका छन् । बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको १० महिने कब्जाबाट गएको हप्ता मुक्त भएको पालमयरमा ४० जनाको सामूहिक चिहान फेला परेको इजिप्टको सरकारी समाचार संस्था सानाले जनाएको छ । शहरको उत्तरपूर्वी क्षेत्रमा फेला परेको चिहानमा पुरुष, महिला र बालबालिकाको शव रहेको तथा चिहान खुला अवस्थामा भेटिएको सरकारी सेनाले जनाएको छ । चिहानमा रहेका शवमा केहीको टाउको काटिएको तथा केहीलाई गोली हानी हत्या गरिएको अवस्थामा रहेको सेनाले बताएको छ । 
 

फेसबुक