ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको उपाधि वेष्ट इण्डिजले जितेको छ ।

ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको उपाधि वेष्ट इण्डिजले जितेको छ । भारतको कोलकातामा भएको फाइनलमा इंग्ल्याण्डलाई ४ विकेटले हराउँदै वेष्ट इण्डिजले दोश्रो पल्ट ट्वेन्टी ट्वेन्टी विश्वकपको उपाधि जितेको हो । वेष्ट इण्डिजले यसअघि सन् २०१२ को ट्वेन्टी ट्वेन्टी विश्वकप जितेको थियो । कोलकातामा इंग्ल्याण्डविरुद्ध जितका लागि पाएको १ सय ५६ रनको लक्ष्य क्यारेबियन टिमले खेल सकिन २ बल अघि ६ विकेट गुमाएर भेट्टायो । वेष्ट इण्डिजका लागि मार्लोन स्यामुअल्सले नट आउट ८५ रन बनाए । जितका लागि वेष्ट इण्डिजलाई अन्तिम ओभरमा १९ रन चाहिएको थियो । बेन स्टोकको ओभरमा ब्रेथवाइटले लगातार चार छक्का हानेर वेष्ट इण्डिजलाई जिताए । यसअघि पहिला ब्याटिङ्ग गरेको इंग्ल्याण्डले निर्धारत २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । इंग्ल्याण्डका लागि जोय रुटले ५४ र जोु बट्लरले ३६ रन बनाए ।
 

फेसबुक