विश्वभर पछिल्लो वर्ष मृत्युदण्ड दिने क्रम बढ्दै गएको मानव अधिकारवादी संस्था एमनेस्टी इनटरनेशनलले जनाएको छ ।

विश्वभर पछिल्लो वर्ष मृत्युदण्ड दिने क्रम बढ्दै गएको मानव अधिकारवादी संस्था एमनेस्टी इनटरनेशनलले जनाएको छ । गएको वर्षमात्रै विश्वभरमा १ हजार ६ सय ३४ जनालाई मृत्युदण्ड दिइएको र यो २७ वर्ष यताकै सबै भन्दा उच्च भएको एमनेस्टीले जनाएको छ । सन् २०१४ मा भन्दा २०१५ मा मृत्युदण्डको संख्या ५० प्रतिशतले बढेको एमनेस्टीको प्रतिवेदनमा उल्लेख छ । मृत्युदण्ड दिने देशमा इरान, पाकिस्तान र साउदी अरेबिया सबै भन्दा अघि छन् । विश्वमा हुने मृत्युदण्डको ८९ प्रतिशत यी तीन देशमा छ । गएको वर्ष इरानमा मात्रै ९ सय ७७ जनालाई मृत्यु दण्ड दिइएको एमनेस्टीको तथ्यांक छ । साउदी अरेबियामा सन् २०१४ मा भन्दा २०१५ मा मृत्युदण्डको संख्या ७६ प्रतिशतले बढेको छ । एमनेस्टीले सार्वजनिक गरेको प्रतिवेदनमा चीनमा भएको मृत्युदण्ड समावेस छैन । चीनमा गोप्य रुपमा हजारौं मानिसलाई मृत्युदण्ड दिइने गरेको एमनेस्टीको भनाई छ । मृत्युदण्ड दिने देशमा चीन सबै भन्दा अघि रहेपनि गोप्प राखिने भएकाले तथ्यांक आएको छैन ।
 

फेसबुक