विश्व स्वास्थ्य दिवस, नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । ‘

विश्व स्वास्थ्य दिवस, नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । ‘मधुमेहको रोकथाम गरौं, समयमै उपचार गरी आफ्नो नियन्त्रणमा राखौं’ नाराका साथ यो दिवस मनाउन लागिएको हो । सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको स्थापना भएको दिनको अवसरमा हरेक वर्ष ७ अप्रिलमा विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ । नेपालमा मधुमेहका रोगीको संख्या वर्षेनी बढ्दै गएको देखिएको छ । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदले दुई वर्षअघि नै नेपालमा सन् २०१५ सम्ममा मधुमेहका रोगी प्रतिवर्ष ६ लाख ३८ हजार थपिने अनुमान गरेको थियो । नेपालमा हाल १३ लाख भन्दा बढी मधुमेहका रोगीहरु रहेको अनुमान छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा २० देखि ७९ वर्षका मानिसहरुमा मधुमेह रोग सबैभन्दा बढी रहेको छ । नेपालमा मधुमेहका कारण बर्षेनी साढे ११ हजारभन्दा बढीको मृत्यु हुनेको गरेको छ । 
 

फेसबुक