भारत प्रशासित काश्मिरमा सुरक्षाकर्मी र बिद्रोहीबिच भएको झडपको क्रममा २ जनाको ज्यान गएको छ ।

भारत प्रशासित काश्मिरमा सुरक्षाकर्मी र बिद्रोहीबिच भएको झडपको क्रममा २ जनाको ज्यान गएको छ । आज बिहान काश्मिरको शोपिया जिल्लामा सरकारी सुरक्षाकर्मी र बिद्रोही बिच झडप भएको र त्यस क्रममा २ जना बिद्रोही मारिएको भारतको समाचार संस्था पिटिआइले जनाएको छ । बिहान ५ बजेदेखि सुरक्षाकर्मी र बिद्रोहीबिच झडप सुरु भएको हो । मारिएका बिद्रोही हिजबुल मुजाहिद्धीन समूहका रहेको जनाइएको छ । सुरक्षाकर्मीले यो विषयमा छानबिन गरिरहेको छ ।
 

फेसबुक