भारतको एक अदालतले इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत महाराष्ट्रमा हुने खेल अन्यत्र सार्न आग्रह

भारतको एक अदालतले इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत महाराष्ट्रमा हुने खेल अन्यत्र सार्न आग्रह गरेको छ । महाराष्ट्रमा पानीको समस्या रहेकाले मुम्बई, पुणे तथा नागपुरमा हुने तय भएका आइपिएलका खेल त्यहाँ नगराइ अन्यत्र सार्नु पर्ने मुम्बई उच्च अदालतले भनेको छ । महाराष्ट्रमा पानीको गम्भीर संकट रहेको र आइपिएल प्रतियोगिताको क्रममा बढी पानी प्रयोग हुने भएकाले त्यहाँ प्रतियोगिता गर्नु उचित नहुने अदालतको ठहर छ । तर,  बिसिसिआईले भने प्रतियोगिताको तालिका परिवर्तन गर्नु सम्भव नरहेको बताएको छ । मैदान हरियो बनाइ राख्न प्रयोग गर्ने पानी पिउन लायक नहुने भएकाले आफूहरुले पानी किनेर प्रयोग गर्ने गरेको बिसिसिआईको भनाई छ । खेलका टिकट बिक्री भइसकेकाले पनि तालिका परिवर्तन गर्न सम्भव नरहेको बिसिसिआईले जनाएको छ । 
 

फेसबुक