नेपाली काँग्रेस संसदीय दल कार्यसमिति सदस्य चयनका लागि आज निर्वाचन हुँदैछ

नेपाली काँग्रेस संसदीय दल कार्यसमिति सदस्य चयनका लागि आज निर्वाचन हुँदैछ । ४२ जनाको उम्मेद्वारी परेको कार्यसमितिमा २२ सदस्य हुनेछन् । आज ९ बजेदेखि १२ बजेसम्म संसदीय दल कार्यसमितिका लागि मतदानको समय तोकिएको छ । संसदीय कार्यसमितिका लागि पनि सभापति शेरबहादुर देउवा पक्षधर सांसद र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर सांसद प्यानलसहित चुनावी प्रतिष्पर्धामा छन् । संसदीय दल कार्यसमितिमा पिछडिएको क्षेत्रबाट राजीव विक्रम शाह सर्वसम्मत हुनुभएको छ भने बाँकी सदस्यका लागि चुनाव हुनेछ । सात प्रदेशबाट सात जना, मधेशी तीन, जनजाति चार, खस आर्य तीन, दलित दुई, मुस्लिम एक र थारु एक जनाका लागि निर्वाचन हुँदैछ । संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतक र ९ जना कार्यसमिति सदस्य संसदीय दलको नेताले मनोनयन गर्ने व्यवस्था छ ।
 

फेसबुक