कञ्चनपुरको शंकरपुरका राजकुमार तिरुवाको खरले छाएको पसल सहितको घरमा आगलागी

कञ्चनपुरको शंकरपुरका राजकुमार तिरुवाको खरले छाएको पसल सहितको घरमा आगलागी भएको छ । हिजो भएको आगलागीबाट खरले छाएको घरसँगै जोडिएको किरान पसल जलेर नष्ट भएको छ । आगलागीबाट मानवीय क्षति नभएपनि लत्ताकपडा, खाद्यान्न लगायत ५० हजार भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । चिया बनाउने भट्टीबाट घरमा आलगाली भएको बताइएको छ । तिरुवाको परिवार अहिले आफन्तको घरमा बसिरहेको छ । 
 

फेसबुक