कैलालीको टीकापुर बजार क्षेत्रमा सडक र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका झण्डै ५ सय खोका छाप्रा हटाइएको छ ।

कैलालीको टीकापुर बजार क्षेत्रमा सडक र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका झण्डै ५ सय खोका छाप्रा हटाइएको छ । इलाका प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय राजनीतिक दल र सर्वसाधारणको संयुक्त पहलमा अतिक्रमण हटाइएको हो । अतिक्रमित क्षेत्रमा बसेर व्यापार व्यवसाय गरिरहेकालाई नजिकैको टीकापुर अस्पतालको स्वामित्व रहेको खाली जग्गामा बसालिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो । मासिक रुपमा भाडा बुझाउने गरी खोका छाप्राका व्यापारीलाई अस्पतालको जग्गामा बसालिएको बताइएको छ । टीकापुर बजार क्षेत्रको कान्छी बजार, खडक चोक, नगरपालिका कार्यालय, उद्योग वाणिज्य सङ्घको कार्यालय र तरकारी हाटबजार क्षेत्र वरपरका सडक अतिक्रमण गरी वर्षौदेखि खोका छाप्रामा व्यापार व्यवसाय हुँदै आएको थियो । 
 

फेसबुक