सर्वोच्च अदालतले नागरिकलाई छिटो न्याय दिन विचौलीयामाथि निगरानी शुरु गरेको छ ।

सर्वोच्च अदालतले नागरिकलाई छिटो न्याय दिन विचौलीयामाथि निगरानी शुरु गरेको छ । सर्वोच्च अदालत र देशभरीका अदालतमा विचौलीयाको चलखेल सुरु भएपछि सर्वोच्च अदालतले संयन्त्र नै बनाएर विचौलीमाथि निगरानी बढाएको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले नागरिकलाई छिटो र सजिलो न्यायदिन सबै उपाय खोजी भइरहेको बताउनुभयो । आफ्नो सरकारी निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानन्यायधीश श्रेष्ठले अब न्याय नपाए वा अदालत काम छिटो नभए नागरिकले उजुरी दिने संयन्त्र समेत विकास भएको बताउनुभयो । 
 

फेसबुक