नेपाल विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरीयतामा ६ स्थान माथि

नेपाल विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरीयतामा ६ स्थान माथि उक्लिएको छ । फिफाले अप्रिल महिनाका लागि हिजो जारी गरेको नयाँ वरीयतामा नेपाल १७९औं स्थानमा रहेको छ । २०४ राष्ट्रको नयाँ वरीयतामा नेपाल दक्षिण एसियामा भने पाँचौ स्थानमा रहेको छ । केही समय अगाडि इतिहासकै खराब वरीयता १९२ औं स्थानमा पुगेको नेपालको पछिल्लो समय स्थानमा सुधार भइरहेको हो । नयाँ वरीयता अनुसार दक्षिण एसियामा भुटान छैटौँ, श्रीलंका साताँै र पाकिस्तान पुछारमा रहेका छन् । फिफाको पछिल्लो विश्व वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ भने बेल्जियम दोस्रो, चिली तेस्रो, कोलम्बिया चौथो र जर्मनी पाँचौ स्थानमा रहेका छन् ।
 

फेसबुक