कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयमा कार्यकारी अधिकृत नआउने र लामो समय नबस्ने समस्या रहेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयमा कार्यकारी अधिकृत नआउने र लामो समय नबस्ने समस्या रहेको छ । कार्यकारी अधिकृत नहुँदा भीमदत्त नगरपालिकाबाट चालु आर्थिक वर्षमा सञ्चालन हुनुपर्ने विकास निर्माण कार्य प्रभावित भएका छन् । तत्कालीन कार्यकारी अधिकृत लोकबहादुर सुनार २०७२ भदौं ७ गते सरुवा भएर गएदेखि भीमदत्त नगरपालिकाले लामो समयसम्म काम गर्न कार्यकारी अधिकृत पाएको छैन । भीमदत्त नगरपालिकामा कार्यकारी अधिकृत आउनै नचाहने तथा आएपनि लामो समय नबस्ने समस्यामा आन्तरिक र बाह्य कारण देखाउने गरिएको छ । 

फेसबुक