कञ्चनपुको झलारीपिपलाडी नगरपालिकामा यस वर्ष सौर्य सडक बत्ती जडान नहुने भएको छ ।

कञ्चनपुको झलारीपिपलाडी नगरपालिकामा यस वर्ष सौर्य सडक बत्ती जडान नहुने भएको छ । सरकारले देशभरका शहरी नगरपालिकामा सौर्य सडक बत्ती जडानका लागि स्थानीय विकास मन्त्रालय मार्फत् नगरपालिकाबाट आवेदन माग गरिएको थियो । तर, कञ्चनपुरको झलारीपिपलाडी नगरपालिकाले नगरपालिकाका तर्फबाट छुट्याउनुपर्ने बजेट नछुट्याएकाले सार्य सडक बत्ती जडान नहुने भएको हो । नगरपालिकाले सूचना जारी गरेर स्थानीयसँग सडक बत्ती जडानका लागि आग्रह गरेपनि नगरपालिकाले छुट्याउनुपर्ने बजेट नछुट्याएको र सबै रकम स्थानीयले तिर्न नसक्ने हुँदा सडक बत्तीको कार्यक्रम रोकिएको हो । झलारीपिपलाडी नगरपालिकाका कार्यकारी अधिकृत रघुनाथ अवस्थीले नगरपालिकासँग चालु आर्थिक वर्षका लागि बजेट पहिले नै विनियोजन भएको र सडक बत्तीको योजनापछि आएकाले काम गर्न नसकिएको बताउनुभयो । 

फेसबुक