झलारीपिपलाडी नगरपालिकामा रहेको पिपलाडी स्वास्थ्य चौकीको इन्टरनेट सञ्चालन गर्न जडान गरिएको एन्टेना चोरी भएपछि खोप सेवा प्रभावित भएको छ ।

झलारीपिपलाडी नगरपालिकामा रहेको पिपलाडी स्वास्थ्य चौकीको इन्टरनेट सञ्चालन गर्न जडान गरिएको एन्टेना चोरी भएपछि खोप सेवा प्रभावित भएको छ । दैनिक इन्टरनेटका माध्यमबाट पठाउनुपर्ने खोप लगाउने बालबालिकाको विवरण एन्टेना चोरी भएपछि रोकिएको हो । स्वास्थ्य चौकीको छतमाथि राखिएको एन्टेना २ साताअघि चोरी भएपछि खोप लगाउने बालबालिकाको विवरण इन्टरनेटमा राख्न नपाइएको स्वास्थ्य चौकीका सिनियर अहेव चेतराज भट्टले बताउनुभयो । खोप सेवालाई प्रभावकारी बनाउन र खोप लगाउने बालबालिकाको विवरण सिधै हेर्न अनलाइन सेवा सुरु गरिएको थियो । जनस्वास्थ्य कार्यालयमा पठाउनुपर्ने मासिक प्रतिवेदन समेत इन्टरनेटको अभावमा पठाउन नपाइएको उहाँले बताउनुभयो । दातृ निकायको सहयोगमा स्वास्थ्य चौकीमा १० हजार रुपैयाँ मूल्य पर्ने इन्टरनेटको एन्टेना २ वर्षअघि जडान गरिदिएको थियो ।
 

फेसबुक