कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–१५ गोवरैयाका रामलाल चौधरीको घरमा आगलागी

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–१५ गोवरैयाका रामलाल चौधरीको घरमा आगलागी भएको छ । खरले छाएको एकतले कच्ची घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानएको छ । चुलोमा रहेको आगो बालबालिकाले चलाउने क्रममा खरमा सल्किन गई आगलागी भएको कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी केदार खनालले जानकारी दिनुभयो । आगलागीबाट लत्ताकपडा, खाद्यान्न लगायतका ५० हजार भन्दा बढीको सामग्री जलेर नष्ट भएको छ । यसैबिच, महाकाली नदीमा रहेको झोलुङ्गे पुलमा चलिरहेको स्कुटीमा आगो लागेको छ । दोधाराबाट महेन्द्रनगर आउँदै गरेका भीमदत्त नगरपालिका वडा नम्बर–१८ गोवरैयाका अजय जैरुले चलाएको से३प ७७६१ नम्बरको स्कुटीमा एक्कासी आगलागी भएको हो । व्याट्री पड्कीएर भएको आगलागीबाट स्कुटी पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
 

फेसबुक