प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्ने सहिदका विषयमा अध्ययन गर्न समिति बनाइएकाले ठोस काम हुने प्रतिबद्धता

 
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्ने सहिदका विषयमा अध्ययन गर्न समिति बनाइएकाले ठोस काम हुने प्रतिबद्धता जनाउनुभएको छ । सहिद रत्नकुमार बान्तवाको ३७औँ स्मृति दिवसका अवसरमा आज नेकपा एमाले इलाम–काठमाडौँ सम्पर्क मञ्चले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । यसवर्ष फागुन १९ गते सरकारले विक्रम सम्बत २००७ पछि प्रजातन्त्रका लागि लड्ने २२ जना व्यक्तिलाई सहिद घोषणा गरेको छ । बान्तवासँगै पञ्चायती निरङ्कुशताविरुद्ध स्वतन्त्रता प्राप्तिका लागि जीवन आहुति दिने क्याप्टेन यज्ञबहादुर थापा, दुर्गानन्द झा, भीमनारायण श्रेष्ठ, भीमदत्त पन्तलगायत २२ जनालाई सहिद घोषणा गरिएको थियो ।
 

फेसबुक