मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले व्यक्तिगत लाभ लिने लालसा नेतृत्वले त्याग्न सकेमा नेपालको विकासको बाटो खुल्ने बताउनुभएको छ ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले व्यक्तिगत लाभ लिने लालसा नेतृत्वले त्याग्न सकेमा नेपालको विकासको बाटो खुल्ने बताउनुभएको छ । नेपाल जेसिजले देशभरीका संस्थापक अध्यक्षको सम्मानका लागि राजधानीमा आयोजना गरेको कार्यक्रममा पूर्वअध्यक्ष रेग्मीले राजनीतिज्ञले आफूलाई भन्दा देश र जनतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो । संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आफूहरुले दिनमा १६ घण्टा काम गर्ने गरेको स्मरण गर्दै उहाँले त्यसबापत आफूहरुले कुनै अतिरिक्त र व्यक्तिगत लाभको आशा नगरेकाले सफलता मिलेको अनुभव सुनाउनुभयो । नयाँ संविधान कार्यान्वयनका लागि मुलुकमा अहिले सद्भाव र वन्धुत्वको भावना बढाउँदै लैजानुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो । 
 

फेसबुक