उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल इन्जिनको सफल परीक्षण

उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल इन्जिनको सफल परीक्षण गरेको छ । अन्तरमहादेशमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइलका लागि बनाइएको इन्जिनको सफल परीक्षण गरिएको उत्तर कोरियाले बताएको छ । परीक्षण गरिएको नयाँ इन्जिनको सहायताले अमेरिकाको मुख्य भागसम्म परमाणु आक्रमण गर्न सकिने निश्चित भएको उत्तर कोरियाको समाचार संस्था केसिएनएले जनाएको छ । उत्तर कोरियाको पश्चिमी तटमा रहेको लामो दूरीमा मार हान्ने परमाणु केन्द्रबाट मिसाइल इन्जिनको परीक्षण गरिएको हो । उत्तर कोरियाका सर्वोच्च नेता कमि जोन उनले आफ्नो देश अब अमेरिकाको मुख्य भागसहित आफ्ना सबै विरोधीमाथि आक्रमण गर्न सक्ने अवस्थामा पुगेको बताउनुभएको छ । तर, विशेषज्ञले भने यसमा आशंका व्यक्त गरेका छन् । 
 

फेसबुक