कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका वडा नम्बर–९ सिसैयाका दलबहादुर चुनाराको कुखुरा फार्ममा हिजो आगलागी हुँदा ६ लाख रुपैयाँ भन्दा बढीको क्षति

कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका वडा नम्बर–९ सिसैयाका दलबहादुर चुनाराको कुखुरा फार्ममा हिजो आगलागी हुँदा ६ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । आगलागी हुँदा १ हजार कुखुरा जलेर मरेपछि क्षति भएको हो । खरको छानो भएको फार्ममा सञ्चालकले सलाई कोर्दा आगलागी भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । ३० दिनका कुखुरा मर्दा ६ लाख २० हजारभन्दा बढीको क्षति व्यहोर्नु परेको फार्मका सञ्चालक चुनाराले बताउनुभयो । आगलागी स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको थियो । 
 

फेसबुक