नेपाल र भारतका वन अधिकारीले बाघको संरक्षण साँझा चुनौतिका रुपमा रहेको औल्याउदै यसको संरक्षणका लागि समन्वयात्मक ढङ्गले काम गर्ने प्रतिबद्धता

नेपाल र भारतका वन अधिकारीले बाघको संरक्षण साँझा चुनौतिका रुपमा रहेको औल्याउदै यसको संरक्षणका लागि समन्वयात्मक ढङ्गले काम गर्ने प्रतिबद्धता जनाएका छन् । नयाँ वर्षका अवसरमा कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बसेको नेपाल भारतका वनका अधिकारीको संयुक्त बैठकले वन्यजन्तुको चोरी सिकारी न्यूनीकरणका लागि ठोस रुपमा काम गर्ने निर्णय भएको छ । बैठकमा हालसम्म भएका कामको समीक्षा र आगामी योजना निर्माणका विषयमा समेत छलफल भएको छ । भारतको उत्तराखण्ड वन विभागका कर्मचारी, डब्लु.डब्लु.एफ ईन्डियाका कर्मचारी तथा शुक्लाफाँटा बन्यजन्तु आरक्ष, जिल्ला वन कार्यालय कञ्चनपुर र सुरक्षा निकायका बिचमा छलफल भएको शुक्लाफाँटा बन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताउनुभयो । वाईट ः १ बैठकमा वन्यजन्तुको संरक्षणका लागि नेपाल र भारतका कर्मचारी तथा पोस्ट तहमा समन्वयात्मक ढङ्गले काम गर्ने निर्णय गरिएको छ । 
 

फेसबुक