प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनका क्रममा उठाउनु भएका बिषयमा बिभिन्न थरी टिप्पणी आईरहेका बेला प्रधानमन्त्रीको सचिवालयले भने परिणामका लागि केही समय कुर्न आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनका क्रममा उठाउनु भएका बिषयमा बिभिन्न थरी टिप्पणी आईरहेका बेला प्रधानमन्त्रीको सचिवालयले भने परिणामका लागि केही समय कुर्न आग्रह गरेको छ । प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधनका क्रममा उठाएका बिषयहरु यथार्थ भन्दा धेरै काल्पनिक भएको टिपप्णी आएपछि प्रधानमन्त्रीका राजनितिक सल्लाहकार बिष्णु रिमालले सरकारद्धारा उठाइएका बिषय, नीति तथा कार्यक्रम र बार्षिक बजेटका आयोजनामा पार्ने बताउनुभयो । रिमालले सम्बोधनमा सपनाका कुरा आएकाले अबको निति तथा कार्यक्रम र बजेटमा सपना साकार हुने गरि योजनाहरु समेटिने बताउनुभयो । सरकारले नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रम ल्याउने तयारी गरेको छ । आउने आर्थिक बर्षको नीति तथा कार्यक्रम मार्फत क्षेत्रगत विषेश कार्यक्रम र विपन्न नागरिकलाई लक्षित गरेर कार्यक्रम ल्याउने तयारी गरेको छ । यो महिनाभित्रै नीति तथा कार्यक्रम ल्याउने र त्यसकै आधारमा जेठ १५ गते बजेट ल्याउने सरकारले तयारी गरेको छ । 
 

फेसबुक