चैतको अन्तिम सातादेखि पाठ्यपुस्तक वितरण सुरु गरेको जनक शिक्षा सामाग्री केन्द्र धनगढीले हालसम्म १२ लाख थान पाठ्यपुस्तक वितरण गरेको छ ।

चैतको अन्तिम सातादेखि पाठ्यपुस्तक वितरण सुरु गरेको जनक शिक्षा सामाग्री केन्द्र धनगढीले हालसम्म १२ लाख थान पाठ्यपुस्तक वितरण गरेको छ । सुदूरपश्चिमका विभिन्न जिल्लामा १२ लाख पुस्तक वितरण गरिएको जनक शिक्षा सामाग्री केन्द्र क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ । सुदूरपश्चिमका ९ वटै जिल्लामा छनौट गरिएका १ सय ८८ पाठ्यपुस्तक बिक्रेतामध्ये १ सय ६८ बिक्रेताले किताब लगिसकेका र बाँकी बिक्रेता पनि सम्पर्कमा आइरहेका जनक शिक्षा सामाग्री केन्द्र क्षेत्रीय कार्यालय धनगढीका प्रमुख योगेन्द्र भट्टले बताउनुभयो । उहाँले सुदूरपश्चिममा पहाडी जिल्लाहरु अछाम, बाजुरा, बझाङ, बैतडी, दार्चुला र डोटीमा करिव ९० प्रतिशत पाठ्यपुस्तक पुगिसकेको दावी गर्नुभयो । कैलाली, कञ्चनपुर र डडेल्धुरामा तुलनात्मक रुपमा कम पाठ्यपुस्तक पुगेको र क्रमिक रुपमा आपूर्ति हुदै जाने क्षेत्रीय प्रमुख भट्टले बताउनुभयो । सुदूरपश्चिममा १८ लाख थान पाठ्यपुस्तक आवश्यक पर्ने भएपनि अझै झण्डै साढे ४ लाख थप पाठ्यपुस्तक आउन बाँकी रहेको छ ।
 

फेसबुक