कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर– १३ डोकेबजारमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर– १३ डोकेबजारमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । सुख्खडदेखि पहलमापुरका लागि  छुटेको से१ज ४३० नम्बरको जीप गएराति दुर्घटना हुँदा घोडाघोडी नगरपालिका वडा नम्बर–१ का १७ वर्षीय प्रकाश वडुवालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख, प्रहरी निरीक्षक नृपबहादुर शाहले जानकारी दिनुभयो । शाहका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बडुवालको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये १ जनाको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य घाइतेहरुको घोडाघोडी नगरपालिकास्थित घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । चालकले मादक पदार्थ सेवन गरेकोले गाडी अनियन्त्रित भएर दुघर्टना भएको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ ।
 

फेसबुक