दुग्ध विकास संस्थानले चिया ब्यापारीलाई लक्षित गर्दै चिया पकाउनका लागि विशेष प्याकेजिङमा ‘टि मिल्क’ ल्याउने भएको छ

दुग्ध विकास संस्थानले चिया ब्यापारीलाई लक्षित गर्दै चिया पकाउनका लागि विशेष प्याकेजिङमा ‘टि मिल्क’ ल्याउने भएको छ । अधिकांश दूध चियाका लागि खपत हुने गरेको जानकारी दिँदै संस्थानले चियाका लागि भनेर आउने ‘टि मिल्क’ बजारमा हाल प्रचलित दूधहरुभन्दा केही भिन्न हुने जनाएको छ । संस्थानका उपमहाप्रबन्धक डा. ईश्वरीप्रसाद अधिकारीका अनुसार चियाका लागि ल्याइने दूधमा चिल्लो पदार्थको मात्रा केही घटाइने छ भने चिल्लो पदार्थबाहेकको ठोसको मात्रा केही बढाइने छ । कैलालीमा रहेको संस्थानको धनगढी दुग्ध वितरण आयोजना अत्तरियाले पशुपालक किसानबाट  दुध किन्ने र प्याकेटको दूधदही बनाएर बेच्ने काम गर्दै आइरहेको छ ।
 

फेसबुक