पशुजन्य उत्पादनलाई बजारीकरण गर्न सरकारले बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्न थालेको छ ।

पशुजन्य उत्पादनलाई बजारीकरण गर्न सरकारले बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्न थालेको छ । कृषकले उत्पादन गरेको दुग्धजन्य तथा मासुजन्य पदार्थ बजारीकरणको अभावमा व्यवस्थापन गर्न कठिन हुन थालेपछि सरकारले कार्यक्रम सञ्चालन गर्न लागेको हो । जसअन्तर्गत नीजि क्षेत्रलाई प्रवद्र्धन गर्न अनुदान दिने काम गरिरहेको जिल्ला पशु सेवा कार्यालय कञ्चनपुरका प्रमुख डाक्टर मदनसिंह धामीले जानकारी दिनुभयो कञ्चनपुरमा पछिल्लो समय दुधको उत्पादन बढदै गएपनि उचित बजारीकरणको अभावमा खेर जाने गरेको छ । कञ्चनपुरको गड्डाचौकीदेखि कृष्णपुरसम्म एउटा र कृष्णपुरदेखि डोकेबजारसम्म अर्को गरी दुई वटा पकेट क्षेत्र घोषणा गरेर गाईभैसी पालन भईरहेको छ । 
 

फेसबुक