यो वर्षलाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाउन आउँदो आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीलाई घुम्ने खर्च सरकारले दिनुपर्ने प्रस्ताव गरिएको छ ।

यो वर्षलाई आन्तरिक भ्रमण वर्षको रुपमा  मनाउन आउँदो आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीलाई घुम्ने खर्च सरकारले दिनुपर्ने प्रस्ताव गरिएको छ । देशभित्र घुम्ने बानी बसाल्न र प्रचारप्रसार गर्न सरकारी कर्मचारीलाई बिदाको व्यवस्था गर्ने र बिदामा घुमेको खर्च सरकारले व्यहोर्ने लगायतका तयारी भैरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।  बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार सरकारी कर्मचारीलाई वर्षमा ७ दिन बिदा दिन र बिदाको बेला घुम्ने खर्च सरकारलाई व्यहोर्न प्रस्ताव गरिएको छ । नयाँ वर्ष घुम्ने हर्ष भन्ने नाराका साथ यो वर्षलाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाउन विभिन्न कार्यक्रम पनि थालिएका छन् । बोर्डले आन्तरिक पर्यटन प्रबद्र्धन गर्न पर्यटन व्यवसायमा लागेकालाई छुट दिन पनि आह्वान गरेको छ ।
 

फेसबुक