विगत १ सातादेखि जारी एमालेको छैठौं केन्द्रीय कमिटी बैठक अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदन सर्वसम्मत पारित गर्दै आज सकिएको छ ।

विगत १ सातादेखि जारी एमालेको छैठौं केन्द्रीय कमिटी बैठक अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदन सर्वसम्मत पारित गर्दै आज सकिएको छ । बैठकले देशका समसामयिक विषयमा १९ बुँदे प्रस्ताव समेत पारित गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पेश गरेको प्रतिवेदनलाई  बैठकले सर्वसम्मत पारित गर्दै संविधानमा उल्लेख भएअनुसार प्रदेश कमिटी पनि गठन गर्ने निर्णय गरेको छ । बैठकले देशमा निर्माण भएका ७ वटा प्रदेशको संरचना अनुसार बाधा अड्काउ फुकाउ विधिबाट पार्टीको प्रदेश कमिटी गठन गर्ने निर्णय गरेको भट्टराईले बताउनुभयो । बैठकले प्रदेश कमिटी निर्माणका लागि विधि तय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिएको छ । बैठकमा आफ्नै नेतृत्वमा रहेको सरकारले मंहगी र कालोबजारी रोक्न असफल रहेको भन्दै केन्द्रीय सदस्यले कडा आलोचना गरेका थिए । बैठकले संविधान कार्यान्यवन गर्नेबारे सरकारले विशेष कदम चाल्नुपर्ने निर्देशन दिएको छ । 
 

फेसबुक