जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले कञ्चनपुर र कैलालीका बिभिन्न नदीहरुमा तटबन्ध निर्माणको कामलाई तीव्र पारेको छ

जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले कञ्चनपुर र कैलालीका बिभिन्न नदीहरुमा तटबन्ध निर्माणको कामलाई तीव्र पारेको छ । वर्षातमा नदीमा आउने बाढी गाउँ पस्न नदिन र धनजनको क्षतिबाट जोगाउन ठूला नदीहरुमा तटबन्ध निर्माणको काम गरिदै आएको छ । यसवर्ष महाकाली नदीको पिपरैया क्षेत्रमा तटबन्ध निर्माण भईरहेको छ । त्यस्तै, दोदा नदी अन्तर्गत कृष्णपुर र देखतभूलिका बिभिन्न स्थानमा तटबन्ध निर्माणको काम भईरहेको जनताको तटबन्ध कार्यालय महेन्द्रनगरका ईन्जिनीयर करवीर सिंह सावदले जानकारी दिनुभयो । कञ्चनपुर र कैलालीको सीमा क्षेत्रमा पर्ने मोहना नदी अन्तर्गत रैकवारविचवा, वाईसेविचवा र अत्तरीया नगरपालिका  लगायतका क्षेत्रमा तटबन्ध काम भईरहेको छ । आर्थिक वर्षको १० महिना पछि कामलाई तीव्रता दिइएकाले चालु आर्थिक वर्ष भित्रै काम सम्पन्न नहुने भएको छ । झण्डै ५ महिना भएको भारतीय नाकाबन्दीका कारण तारजाली आउन नसकेको र ईन्धन अभावले निर्माणका साधन नसक्दा चालु आर्थिक वर्षका काम गर्न नसकिने जनताको तटबन्ध कार्यालयका ईन्जनीयर करवीर सिंह सावदले जानकारी दिनुभयो । 
 

फेसबुक