आगामी आर्थिक वर्षका लागि गृह मन्त्रालयले ४७ अर्ब रुपैयाँको बजेट माग गरेको छ ।

आगामी आर्थिक वर्षका लागि गृह मन्त्रालयले ४७ अर्ब रुपैयाँको बजेट माग गरेको छ । यो बजेट राष्ट्रिय योजना आयोगले मन्त्रालयलाई दिएको सिलिङभन्दा ५ अर्ब रुपैयाँले बढी भएको योजना आयोगका सचिव सुरेशमान श्रेष्ठले जानकारी दिनुभयो । योजना आयोगले गृहमन्त्रालयलाई आर्थिक वर्ष २०७३र०७४ का लागि ४१ अर्ब ८८ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट सिलिङ दिएको छ । जसमध्ये ३६ अर्ब १० करोड ४८ लाख रुपैयाँ चालु र ५ अर्ब ३३ करोड ४६ लाख रुपैयाँ पुँजीगत बजेटको सिलिङ छ । आगामी आर्थिक वर्षका लागि गृह मन्त्रालयले पाएको सिलिङ चालु आर्थिक वर्षको बजेटभन्दा शूल्य दशमलव ७८ प्रतिशतमात्रै बढी भएको मन्त्रालयका व्यवस्थापन महाशाखा प्रमुख विनोद केसीले जानकारी दिनुभयो । 
 

फेसबुक