डढेलो नियन्त्रण तथा वन पैदावार र वन्यजन्तु चोरी निकासि नियन्त्रण गर्न सबैले आपसमा सहकार्य गरेर अगाढी बढ्नुपर्नेमा डोटीका सरोकारवालाहरुले जोड दिएका छन्

डढेलो नियन्त्रण तथा वन पैदावार र वन्यजन्तु चोरी निकासि नियन्त्रण गर्न सबैले आपसमा सहकार्य गरेर अगाढी बढ्नुपर्नेमा डोटीका सरोकारवालाहरुले जोड दिएका छन् । आपसि समन्वयको अभावमा चोरी निकासि तथा जथाभावि डढेलो जस्ता अबैध कार्यहरुको विगबिगी बढेको भन्दै आगामी दिनमा एकजुट भएर समस्या समाधान तिर लाग्नु पर्ने धेरैको विचार छ । प्रमुख जिल्ला अधिकारी केशवप्रसाद आचार्यले वनको अस्तित्वसँग मानव जीवनको अस्तित्व पनि जोडिएकाले वन जोगाउनेतर्फ व्यक्ति स्वयंले नै चासो दिनुपर्ने बताउनुभयो । करिब ६४ प्रतिशत डढेलो मानिसहरुले जानेर लगाउने गरेको तथा सरकारी निकायहरुले नियन्त्रण गर्न खोज्दा समेत असहयोग हुने गरेको भन्दै जंगलमा डढेलो नलगाइ दिन र डढेलो लगाएको कसैले देखे प्रशासनमा खबर गर्न पनि उहाँले आग्रह गर्नुभयो । 
 

 

फेसबुक